काठमाडौं । एनआईसी एसिया बैंकले सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा रहेको आफ्नो स्वामित्वको झन्डै ९ लाख कित्ता शेयर आज पुस २५ गतेबाट बिक्रीमा राखेको छ।
एनआईसी एसिया बैंकले सूर्यज्योति लाइफको ८ लाख ९३ हजार ८२५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो। यो शेयरमा प्रचलित कानुनबमोजिम योग्य लगानीकर्ताले शेयर खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्। बिक्रीमा राखिएको शेयरको मूल्य प्रतिकित्ता १५९ रुपैयाँ तोकिएको छ।


