२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

जुवातास खेल्दै गरेका सातजना पक्राउ


सञ्चार डबली
  • बुधबार, जेठ ३१ २०८०
  • 11.7K
    SHARES

  • images
    जुवातास खेल्दै गरेका सातजना पक्राउ

     

    काठमाडौ, ३१ जेठ । लमजुङ प्रहरीले दोर्दीबाट ७ जना जुवाडे पक्राउ गरेको छ । दोर्दी गापा–४ नौथर शेरा स्थित ए वान रेष्टुरेन्टबाट मंगलबार १ लाख १ हजार ६ सय २५ रुपैँया नगद सहित ७ जना जुवाडे पक्राउ परेका हुन् ।

    जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले शेरा स्थित पर्शुराम गुरुङको रेष्टुरेन्टमा बेलुकी ५ बजे हारजितको बाजी राख्दै जुवा  खेल्दै गरेका ७ जना जुवाडे सहित सो नगद र १ सय ५२ पत्ति तास बरामद गरेको हो ।

    पक्राउ पर्नेमा दोर्दी गापाकै लिल बहादुर गुरुङ, राम अधिकारी, निल बहादुर गुरुङ, प्रेम कुमार राना, केश राना, कुमार गुरुङ र घरधनी पर्शुराम गुरुङ रहेका छन् । उनीहरुले मोवाईल बैँकिङ मार्फत रकम भुक्तानी गरेको भेटिएको प्रहरी निरीक्षक जगदिश रेग्मीले बताए । उनका अनुसार जिल्ला प्रशासन कार्यालय लमजुङबाट जुवा सम्बन्धी कसूरमा म्याद थप लिइ अनुसन्धान अघि बढ्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend