२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

लक्ष्मी सनराइज बैंकको लाभांश पारित, चुक्ता पुँजी २४ अर्ब ३४ करोड पुग्यो


सञ्चार डबली
  • बुधबार, पुस २४ २०८१
  • 5.6K
    SHARES

  • images
    लक्ष्मी सनराइज बैंकको लाभांश पारित, चुक्ता पुँजी २४ अर्ब ३४ करोड पुग्यो

    काठमाडौं, पुस २४ । लक्ष्मी सनराइज बैंक लिमिटेडको लाभांश प्रस्ताव पारित भएको छ । बैंकको आज (बुधबार) बसेको २४औँ बार्षिक साधारण सभाले बैंकको लाभांश प्रस्ताव पारित गरेको हो । साधारण सभाले बैंकको चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यससँगै बैंकको चुक्ता पूँजी २४ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । 

    Image-1536x803-1-e1736335422529.jpg

     

    उक्त सभाले आर्थिक वर्ष (आ.व.) २०८०/८१ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साथै आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति समेत गरेको छ । गत (आ.व.) २०८०/८१ मा ३३३ अर्ब रुपैयाँ निक्षेप र २५८ अर्ब रुपैयाँ कर्जा पुयाएको सो बैंकको वासलातको आकार ३९५ अर्ब रहेको छ । गत आवमा बैंकले २ अर्ब ९२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend