२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सेयर बजारको वृद्धि,  कारोबार रकम कति ?


सञ्चार डबली
  • मंगलबार, पुस २३ २०८१
  • 7.4K
    SHARES

  • images
    सेयर बजारको वृद्धि,  कारोबार रकम कति ?


    काठमाडौं । मंगलबार पनि सेयर बजारको वृद्धिमा निरन्तरता देखिएको छ । आज नेप्से ६.१६ अंकले बढेर परिसुचक २६८६ बिन्दुमा पुगेको छ । योसहित लगातार पाँचौं दिन बजार बढेको हो ।

    गत कारोबार दिन अर्थात् सोमबार ६ अर्ब ३० करोडको सेयर कारोबार भएकोमा मंगलबार पाँच अर्ब ३८ करोडको सेयर कारोबार भएको छ।अघिल्लो दिनको तुलनामा कारोबार रकममा ९२ करोड रूपैयाँ कमी आएको हो। आज ३०५ वटा धितोपत्रको एक करोड २० लाख ८१ हजार ६०६ कित्ता सेयर किनबेच भएको हो।

    मंगलबार १२६ कम्पनीको सेयर मूल्य बढेको छ भने १०७ वटाको घटेको छ। यस्तै १० कम्पनीको मूल्य स्थिर रहेको छ।यस दिन सप्तकोशी डेभलपमेन्ट बैंक र न्यादी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतका दरले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य क्रमशः एक हजार १५५ रूपैयाँ र ५८६ रूपैयाँ ३० पैसा कायम भएको छ।

    यस्तै, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको मूल्य ९।९९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ५९९ रूपैयाँ पुगेको छ।मंगलबार आत्मनिर्भर लघुवित्त र दोल्ती पवारको मूल्य सर्वाधिक १० प्रतिशतका दरले घटेको छ। उक्त कम्पनीहरूको प्रतिकित्ता मूल्य क्रमशः छ हजार ५८ रूपैयाँ ८० पैसा र ७५४ रूपैयाँ २० पैसा कायम भएको छ।

    मंगलबार सिन्धु विकास बैंकको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता मूल्य ९५३ रूपैयाँ ९० पैसामा १६ करोड ९२ लाख रूपैयाँको सेयर कारोबार भएको छ।यो मूल्य अघिल्लो दिनको तुलनामा ९.७७ प्रतिशत बढेको हो।

    सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सप्तकोशी डेभलपमेन्ट बैंक रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार १५५ रूपैयाँमा १४ करोड ५९ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।  

    आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक घटेको छ भने आठ समूहको बढेको छ। एउटा समूह स्थिर रहेको छ। यसदिन वित्त समूहको परिसूचक सर्वाधिक २.६५ प्रतिशतले बढेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend