२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

गुजरातमा चक्रवात विपरजोय आँधीः ६ को मृत्यु, ३७ हजार सुरक्षित स्थानमा


सञ्चार डबली
  • बुधबार, जेठ ३१ २०८०
  • 8.3K
    SHARES

  • images
    गुजरातमा चक्रवात विपरजोय आँधीः ६ को मृत्यु, ३७ हजार सुरक्षित स्थानमा

    काठमाडौं, ३१ जेठ । चक्रवात विपरजोय आँधीका कारण गुजरातमा ६ जनाको मृत्यु भएको छ ।हिजो देखी सुरु भएको बिपरजोय तुफानका कारण ३७ हजार भन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको छ ।

    तुफानको खतरा दिनानुदिन बढ्दै गएकोले गुजरात राज्य सरकारले जनतालाई सुरक्षित राख्न हरसम्भव प्रयास गरिरहेको जनाएको छ । जसअनुसार मंगलबारसम्म ८ जिल्लाका ३७ हजारभन्दा बढी मानिसलाई राज्य सरकारले आश्रयस्थलमा पठाएको थियो।

    बिपरजोयको खतरालाई मध्यनजर गर्दै धेरै सरकारी निकायले गुजरातको सौराष्ट्र र कच्छको तटीय जिल्लामा ठूलो अलर्ट जारी गरेका छन् । बिहीबार साँझ जखाउमा १२५–१३५ किलोमिटर प्रतिघण्टा र १५० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्ने अनुमान गरिएको छ ।

    चक्रवाती आँधी विपरजोय गुजरातको तटीय जिल्लातर्फ सर्दै गएको छ, जसकाकारण मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । मंगलबार थप दुई जनाको मृत्यु भएपछि हालसम्म ६ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन ।भारत मौसम विभागले पूर्वानुमानका अनुसारका चक्रवाती तूफानू कमजोर भएको पनि राज्यमा प्रवेश गर्दा व्यापक क्षति हुन सक्ने जनाईएको छ ।

    आईएमडी प्रमुख मृत्युञ्जय महापात्राले भने कि चक्रवातले कच्छ, देवभूमि द्वारका, जामनगर र पोरबन्दरका स्थानहरूमा अत्यन्त भारी वर्षा हुन सक्ने भएकाले सबै सुरक्षाका उपायहरु अपनाईएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend