२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नेपाल एसबिआई बैंकको एकैपटक ७ नयाँ शाखा सञ्चालनमा, ६ नयाँ शाखाको एकसाथ उद्घाटन


सञ्चार डबली
  • सोमबार, पुस २२ २०८१
  • 5.5K
    SHARES

  • images
    नेपाल एसबिआई बैंकको एकैपटक ७ नयाँ शाखा सञ्चालनमा, ६ नयाँ शाखाको एकसाथ उद्घाटन

    सोमवार, पुस २२ २०८१
    काठमाडौँ । नेपाल एसबिआई बैंकले शाखा विस्तारको क्रममा देशभर ७ नया शाखाहरू सञ्चालनमा ल्याएको छ । बैंकले देशका विभिन्न स्थानमा एकैपटक सात नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

    उक्त शाखाहरूमध्ये दाङको लमही, कपिलवस्तुको जितपुर, पाल्पाको रामपुर बजार, जनकपुरको पिडारीचोक, उदयपुरको बेल्टार र सुनसरीको दुहबीमा गरी ६ नयाँ शाखाको उद्घाटन बैंकका अध्यक्ष, जयती बन्सलले कर्पोरेट कार्यालय, कमलादी, काठमाडौँबाट भर्चुअल्ली उद्घाटन गरेकी थिइन् । साथै, उनले दुलेगौँडा शाखा, तनहुँको उद्घाटन भने भौतिक रूपमा गरेकी थिइन् ।

    उक्त कार्यक्रममा प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत, दीपक कुमार दे, सञ्चालक, पिनाकी नाथ बनर्जी, स्टेट बैंक अफ इन्डियाका महाप्रबन्धक, रितेश सिन्हा, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत, राजेश कूमार पंडा, प्रमूख सञ्चालन अधिकृत, विकास आनन्द र अन्य वरिष्ठ पदाधिकारीहरू तथा ग्राहकहरूको समेत उपस्थिति रहेको थियो ।

    बैंकले यस नया शाखा सञ्चालनबाट ग्राहक बर्गहरूमा सहज बैंकिङ सुविधा उपलब्ध हुनका साथै स्थानीय अर्थतन्त्रमा योगदान पु¥याउने लक्ष्य राखेको छ ।

    हाल सो बैंकले १०० शाखा, ६६ एक्स्टेन्सन काउन्टर, १९ शाखारहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट कार्यालय, १६६ एटिएमबाट आफ्नोे आन्तरिक तथा विश्वव्यापी नेटवर्क मार्फत सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend