२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

उच्च अंकले बढ्यो सेयर बजार, यी कम्पनीको भयो सर्वाधिक कारोबार


सञ्चार डबली
  • सोमबार, पुस २२ २०८१
  • 7.2K
    SHARES

  • images
    उच्च अंकले बढ्यो सेयर बजार, यी कम्पनीको भयो सर्वाधिक कारोबार


    काठमाडौं ।  आज सेयर बजार उच्च अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४९.१२ अंक बढेसँगै २६४० अंकमा पुगेको छ । परिसूचकसँगै कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब ८६ करोडको कारोबार भएकोमा आज ६ अर्ब ३० करोडको भयो ।

    २२६ कम्पनीको मूल्य बढ्दा १२ को घट्यो भने ४ को स्थिर रह्यो । सबै सेक्टरका सूचक बढे । हाइड्रोपावर सेक्टर सबैभन्दा धेरै ३.५५ प्रतिशत बढ्यो । बैंकिङ १.०९, विकास बैंक २.४६, फाइनान्स १.१९, होटल तथा पर्यटन २.९९, लगानी ३.२३, जीवन बीमा २.२९, उत्पादन १.८९, माइक्रोफाइनान्स ०.७५, निर्जीवन बीमा १.०४, अन्य १.७६ र व्यापार ०.४६ प्रतिशत बढे ।

    आत्मनिर्भर लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । सुपरमादी हाइड्रोको ९.७, साहस ऊर्जाको ८.७१, मायाखोला हाइड्रोपावरको ८.५९, सप्तकोशी विकास बैंकको ८.२५, खानीखोला हाइड्रोको ८.१६, दोल्ती पावरको ७.८५ तथा स्वेतगंगा हाइड्रोको ७.६६ प्रतिशत मूल्य बढ्यो ।

    उपकार लघुवित्त र सामुदायिक लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । तीबाहेक मूल्य घटेका अरुको गिरावट दर ३ प्रतिशतमुनि रह्यो । कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, साहस ऊर्जा, पिपुल्स हाइड्रोपावर, दोल्ती पावर र सप्तकोशी विकास बैंक क्रमशः अगाडि रहे ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend