२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नेपाल एसबिआई बैंकको ३१औं वार्षिक साधारण सभा सम्पन्न : १०.६५% लाभांश वितरण


सञ्चार डबली
  • सोमबार, पुस २२ २०८१
  • 5.1K
    SHARES

  • images
    नेपाल एसबिआई बैंकको ३१औं वार्षिक साधारण सभा सम्पन्न : १०.६५% लाभांश वितरण

    काठमाडौं, पुस २२ ।

    साधारण सभाले आर्थिक वर्ष २०८०/८१ का लागि संचालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र वार्षिक आर्थिक विवरणलाई अनुमोदन गरेको छ। यसका साथै, बैंकको सहायक कम्पनी “नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड” को वित्तीय विवरणसहित एकीकृत वित्तीय विवरणलाई पनि स्वीकृति दिइयो।

    सभाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि मेशर्स पिकेएफ टी.आर. उपाध्याय एण्ड कम्पनीलाई लेखापरीक्षकमा नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने निर्णय गर्यो। बैंकको प्रबन्धपत्र तथा नियमावलीका विभिन्न दफाहरूमा संशोधन गर्ने प्रस्ताव पनि पारित भयो।

    बैंकले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरू गाभ्ने र गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्न आवश्यक सहमति, सम्झौता तथा आवश्यक प्रक्रिया अगाडि बढाउन प्रचलित नियम, कानून बमोजिम बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण आवश्यक प्रक्रिया अगाडि बढाउन संचालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्ने प्रस्ताव पारित गर्यो।

    नेपाल एसबिआई बैंकले ३१ वर्षको यात्रामा प्राप्त सफलताहरूलाई थप मजबुत बनाउँदै आगामी वर्षमा वित्तीय सेवामा नवप्रवर्तन र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend