२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

अफगानिस्तानका सात प्रान्तमा भिषण बाढी, ६ जनाको मृत्यु, दर्जनौ घाइते


सञ्चार डबली
  • बुधबार, जेठ ३१ २०८०
  • 9.5K
    SHARES

  • images
    अफगानिस्तानका सात प्रान्तमा भिषण बाढी, ६ जनाको मृत्यु, दर्जनौ घाइते


    काठमाडौं, ३१ जेठ । अफगानिस्तानका सात प्रान्तमा वर्षा र बाढीका कारण जनधनको क्षति भएको छ । सो बाढीमा परेर अहिलेसम्म छ जनाको मृत्यु भएको छ भने दर्जनौ घाइते भएका छन ।

    तालिबान नेतृत्वको प्राकृतिक प्रकोप व्यवस्थापन मन्त्रालयका प्रवक्ता शफिउल्लाह रहिमीले अफगानिस्तानका विभिन्न प्रान्तमा आएको बाढीका कारण ६ जनाको मृत्यु भएको तथा दर्जनौ घाइते भएको बताए ।

    बाढीका कारण ३० घर ध्वस्त भएका छन् भने सयौं पशुपंक्षी मारिएका छन् ।अफगानिस्तानका धेरै प्रान्त बाढी र आँधीबाट प्रभावित भएका छन् । जसमा कुनार, नुरिस्तान, बदख्सान, पक्तिया, तखर, घोर र परवान पर्छन्।

    यसअघि सलाङ र बडाखस्तान, तखार, बाघलान, नुरिस्तान, कुनार, लघमान, काबुल, लोगर, मैदान वर्दक, परवान र कपिसा प्रान्तमा १० देखि २५ मिलिमिटर वर्षा भएको अफगानिस्तानको मौसम विभागले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend