बिहिवार, पुस १८ २०८१
काठमाडौँ । सानिमा बैंक लिमिटेडका ग्राहकहरूले बिग मार्टमा क्यासब्याक अफर पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङ्गका माध्यमहरू प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बिग मार्टमा विशेष क्यास ब्याकको व्यवस्था गरेको हो ।
बिगमार्टको काठमाडौँ उपत्यकामा ९८, पोखरामा ५ र चितवनमा ४ गरी नेपाल अधिराज्यभर १०७ वटा आउटलेट सञ्चालनमा छन् । सोअन्तर्गत सानिमा डेबिट तथा क्रेडिट कार्डमार्फत बिग मार्टमा सामान खरिद गरी भुक्तानी गर्दा ग्राहकहरूलाई १० प्रतिशत वा अधिकतमर २०० रुपैयाँसम्मको क्यास ब्याक उपलब्ध हुने बैंकका प्रमुख निक्षेप अधिकारी हेमराज संज्यालले बताए ।
यो योजना यस बर्षको पुस १९ देखि आगामी बर्ष अर्थात २०८२ पुस १६ सम्म लागू हुने बैंकले जनाएको छ । बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरू प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ।
छुटको विस्तृत विवरण बैंकको वेबसाइट https://www.sanimabank.com/digital-banking/offers मा समेत उपलब्ध छ । सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२५ वटा एटिएमहरू सञ्चालनमा रहेका छन् ।


