२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

माछापुच्छ्रे क्यापिटल र माछापुच्छ्रे बैंकको कपन शाखाद्वारा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न


सञ्चार डबली
  • बुधबार, पुस १७ २०८१
  • 4.9K
    SHARES

  • images
    माछापुच्छ्रे क्यापिटल र माछापुच्छ्रे बैंकको कपन शाखाद्वारा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न

    काठमाडाैं, पुस १७ । माछापुच्छ्रे क्यापिटल लिमिटेड र माछापुच्छ्रे बैंक लिमिटेडको कपन शाखाले संयुक्त रुपमा एक वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रम कपन बहुमुखी क्याम्पस, बुढानीलकण्ठ नगरपालिका–१० स्थित आकाशेधारा कपनमा सम्पन्न भएको हो ।

    कार्यक्रमको मुख्य उद्देश्य युवा विद्यार्थीहरूलाई लगानीका विषयमा सचेतना दिनु र लगानीको महत्त्वलाई बुझाउनु हाे । यस अवसरमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरू, क्याम्पसका कर्मचारीहरू र शिक्षक वर्गलाई वित्तीय शिक्षा र लगानी सम्बन्धी प्रारम्भिक जानकारी प्रदान गरिएको थियो ।

    माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो । पब्लिक लिमिटेड कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, सामूहिक लगानी कोषको सेवा प्रदान गरिरहेको छ ।

    कार्यक्रमले सहभागीहरूलाई लगानीका विभिन्न विकल्प र बजारमा जोखिम तथा फाइदाको सन्देश पनि पुर्याएको थियो। यस कार्यक्रमको आयोजना माछापुच्छ्रे क्यापिटल र माछापुच्छ्रे बैंकको दृष्टिकोण अनुरूप भविष्यका लागि वित्तीय ज्ञान र सुरक्षित लगानीको महत्त्वलाई प्रवर्धन गर्नका लागि गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend