२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

रिलायबल नेपाल लाइफ  इन्स्योरेन्सका ग्राहकहरूलाई अन्नपूर्ण केबलकारमा आकर्षक छुट


सञ्चार डबली
  • बुधबार, पुस १७ २०८१
  • 6.5K
    SHARES

  • images
    रिलायबल नेपाल लाइफ  इन्स्योरेन्सका ग्राहकहरूलाई अन्नपूर्ण केबलकारमा आकर्षक छुट

    काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका अभिकर्ता, कर्मचारी र ग्राहकहरूले अन्नपूर्ण केबुलकारमा आकर्षक छुट पाउने भएका छन् ।

    कम्पनीले आफ्ना अभिकर्ता, कर्मचारी र पोलिसी होल्डरस्लाई पोखरामा रहेको अन्नपूर्ण केबल कारमा उपलब्ध हुने सेवा सुविधामा विशेष छुट उपलब्ध गराउन सम्झौता गरेको हो ।

    रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र अन्नपूर्ण केबलकारबीच भएको दुई पक्षीय समझदारी अनुसार यस्तो व्यवस्था गरिएको हो ।

    रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनि र अन्नपुर्ण केबल कारको तर्फबाट सञ्चालक चन्द्र बहादुर कार्कीले समझदारीमा हस्ताक्षर गरेका छन् ।

    रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले जीवन बीमा कारोबार शुरु गरेको ७ वर्ष पुरा गरी आठौँ वर्षमा प्रवेश गरेको छ साथै कम्पनीप्रति विश्वास गरी बीमालेख खरिद गर्नु हुने ७० लाख भन्दा बडी बीमितहरू रहेका छन् अन्नपुर्ण केबल कार सँगको यस समझदारीले इन्स्योरेन्सका ग्राहकहरूले लिने सेवा तथा सुविधामा विशेष सहुलियत पुग्ने रिलायबल नेपाल लाइफ इन्स्योरेन्स ले जनाएको छ ।

    रिलायबल नेपाल लाइफ इन्स्योरेन्सलले बिमा क्षेत्रमा नवीनतम सेवाहरूको सुरुवात गर्दै महत्वपूर्ण भूमिका खेलेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend