२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

प्रभु बैंकको डिजिटल काउन्टर सञ्चालन, क्यास रिसाइकलिङ, चेक डिपोजिटदेखि स्टेटमेन्ट प्रिन्टिङसम्मको सुविधा


सञ्चार डबली
  • बुधबार, पुस १७ २०८१
  • 5.2K
    SHARES

  • images
    प्रभु बैंकको डिजिटल काउन्टर सञ्चालन, क्यास रिसाइकलिङ, चेक डिपोजिटदेखि स्टेटमेन्ट प्रिन्टिङसम्मको सुविधा

    बुधवार, पुस १७ २०८१

    काठमाडौँ । प्रभु बैंक लिमिटेडले अंग्रेजी नयांँ बर्ष २०२५ को शुरुवातसँगै डिजिटल काउन्टर सञ्चालन गरेको छ । बैंकले विद्युतीय कारोवारलाई प्रवर्द्धन गर्ने उद्देश्यले स्वचालित काउन्टर प्रभु बैंक डिजिटल क्युब सञ्चालनमा ल्याएको हो ।

    उक्त काउण्टरमार्फत क्यास डिपोजिट, क्यास रिसाइकलिङ, चेक डिपोजिट, स्टेटमेन्ट प्रिन्टिङ, एटिएम तथा विभिन्न प्ष्यकप मेसिनको माध्यमवाट नगद जम्मा गर्न, नगद निकाल्न, क्लीयरिङ चेक जम्मा गर्न, खाताको स्टेट्मेण्ट प्रिन्ट गर्न सकिने लगायतका सेवाहरु ग्राहक आफैँले प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

    यस सेवाको सुरुवातसँगै कार्यालय समय कुरेर काउण्टरमा लाइन लागि बैंकिङ्ग सेवा लिनुपर्ने झन्झटको अन्त्य भएको छ ।

    हाल यो सेवा बैंकको मूख्य कार्यालय, बबरमहलबाट उपलब्ध गराइएको र निकट भविष्यमा आवश्यकता अनुसार अन्य स्थानमा समेत बिस्तार गरिनेछ । साथै यस नविनतम् सेवाबाट ग्राहक वर्गले पर्याप्त लाभ उठाउनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend