२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नेप्सेमा ५ अंकको वृद्धि, कति भयो कारोबार ?


सञ्चार डबली
  • बुधबार, पुस १७ २०८१
  • 5.8K
    SHARES

  • images
    नेप्सेमा ५ अंकको वृद्धि, कति भयो कारोबार ?


    काठमाडौं । बुधबार सेयर बजार परिसूचक (नेप्से) ५ अंकले बढेको छ । बजार सामान्य अंकले बढ्दा परिसूचक २५८१.६० बिन्दुमा पुगेको छ । परिसूचकमा सामान्य अंकको वृद्धि देखिए पनि बुधबार कारोबार रकम भने घटेको छ । 

    बुधबार कुल ३०५ कम्पनीको ९४ करोड ३४ लाख कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ५९ करोड ७४ लाख रुपैयाँको कारोबार भएको छ । मंगलबार ५ अर्ब ६१ करोडको कारोबार भएको थियो । 

    बुधबार १५० कम्पनीको मूल्य बढेको छ । त्रिशूली जलविद्युत् कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्यो । आत्मनिर्भर लघुवित्त लगायत चार कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढीले उकालो लाग्यो । सपोर्ट माइक्रोफाइनान्सको मूल्यमा बुधबार पनि नकारात्मक सर्किट लाग्यो । 

    बुधबार फाइनान्स कम्पनीतर्फ लगानीकर्ता आकर्षित देखिए । जसले गर्दा यो समूहको सूचक ३.८७ प्रतिशतले बढ्यो । विकास बैंक समूह १.६८ र जलविद्युत् समूह १.२४ प्रतिशतले बढेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend