२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

कर्णाली प्रदेशका विद्यार्थीहरूका लागि महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति प्रदान


सञ्चार डबली
  • बुधबार, पुस १७ २०८१
  • 6.1K
    SHARES

  • images
    कर्णाली प्रदेशका विद्यार्थीहरूका लागि महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति प्रदान


    काठमाडौं ।  महालक्ष्मी विकास बैंक लिमिटेडले कर्णाली प्रदेशका विद्यार्थीहरूका छात्रवृत्ति प्रदान गरेको छ । शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार निर्माण/सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने नीति अनुरुप विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको बैंकले निति अनुरुप बैंकले छात्रवृत्ति प्रदान गरेको हो ।

    सोहीअन्तर्गत महालक्ष्मी विकास बैंकले कर्णाली प्रदेश अन्तर्गत १० जिल्लाका सरकारी विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा (एसइइ) पास गरी काठमाडौँ उपत्यकामा प्लस टु तथा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत डिप्लोमा अध्ययन गर्न चाहाने तर घरको आर्थिक अवस्था नाजुक भएका गरिब तथा जेहेन्दार विधार्थीहरूलाई कर्णाली प्रदेश पर्यटकीय तथा साँस्कृतिक संरक्षण केन्द्र, कालिकोटसँगको समन्वयमा आज बैंकको केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रमका बिच छात्रवृत्ति बराबरको रकम प्रदान गरिएको छ ।  

    यस किसिमको कार्यबाट पैसाको अभावबाट कुनै पनि विधार्थीहरूको उच्च शिक्षा हासिल गर्न चाहानामा गतिशिलता प्रदान गर्न केही हदसम्म भए पनि सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । 

    बैंकले हालै ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल  एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ । 

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend