२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

जनकपुर शाखा प्रबन्धक अर्ण बहादुर बलम्पाकी पक्राउ परेका होइनन् : सिद्धार्थ बैंक


सञ्चार डबली
  • मंगलबार, पुस १६ २०८१
  • 6.8K
    SHARES

  • images
    जनकपुर शाखा प्रबन्धक अर्ण बहादुर बलम्पाकी पक्राउ परेका होइनन् : सिद्धार्थ बैंक

    मंगलबार, १६ पुस २०८१,
    काठमाडौं । सिद्धार्थ बैंकको जनकपुर शाखा कार्यालयका “शाखा प्रबन्धक अर्ण बहादुर बलम्पाकी पक्राउ” एवं “बैंकबाट कर्जा असुली प्रक्रियामा अनियमितता गरेको” भनी विभिन्न संचार माध्ययमहरुबाट प्रकाशित / प्रसारित समाचार प्रति बैंकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    विभिन्न सञ्चार माध्यममा आएको समाचारको खण्डन गर्दै बैङ्कले शाखा प्रबन्धक बलम्पाकी पक्राउ नपरेको बताएको हो । ‘शाखा प्रबन्धक अर्ण बहादुर बलम्पाकी पक्राउ’ एवं ‘बैंकबाट कर्जा असुली प्रक्रियामा अनियमितता गरेको’ भन्ने समाचारप्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको बताउँदै बैङ्कले खण्डन गरेको हो ।

    पौष ११ गते बैंकको शाखा प्रबन्धक तथा कर्जा हेर्ने कर्मचारी समेत जिल्ला प्रहरी कार्यालयमा आवश्यक छलफलका लागि गएको बैङ्कले जनाएको छ । तर, केही व्यक्तिहरूले भिडियो खिची सोही आधारमा बैैंकको शाखा प्रबन्धक पक्राउ भनी भ्रामक समाचार बनाएको बैंकले बताएको छ ।

    यस्तै, बैंकको कर्जा भुक्तान नगरेका ऋणीको प्रचलित कानुनी प्रक्रिया अवलम्बन गरेर बैंकले धितो लिलामीको प्रक्रिया सम्पन्न गरेको बैङ्कले जानकारी दिएको छ । सिद्धार्थ बैंकले अत्यावश्यकीय सेवा प्रदान गर्ने संस्थाको सेवा निर्बाध रूपमा सञ्चालन हुने वातावरण निर्माणका लागि सम्बन्धित सबैमा आग्रह समेत गरेको छ ।

    यसरी वास्तविकता भन्दा बाहिर गइ सम्प्रेषित समाचारले यस बैंक, बैंकका ग्राहक, सरोकारवाला एवं सर्वसाधारणमा भ्रम सिर्जना भएकोले उक्त घटनाको सम्बन्धमा सत्य तथ्य विवरण सरोकारवाला सबैको जानकारीको लागि सम्प्रेषण गर्न आवश्यक देखिएकाले यो प्रेस विज्ञप्ती जारी गरिएको छ ।

    Janakpur BM Arrest.jpg
    undefined



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend