२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

 आर्थिक समृद्धि हासिल गर्न नीजि क्षेत्रलाई काम गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष ढकाल


सञ्चार डबली
  • मंगलबार, पुस १६ २०८१
  • 6.0K
    SHARES

  • images
     आर्थिक समृद्धि हासिल गर्न नीजि क्षेत्रलाई काम गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष ढकाल


    काठमाडौं । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आर्थिक समृद्धि हासिल गर्नको लागि नीजि क्षेत्रले सक्रिय रुपमा काम गर्ने वातावरण बनाउनुपर्ने बताएका छन् । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको छैठौं श्रम संसद समारोहमा उनले नीजि क्षेत्रले सक्रिय रुपमा काम गर्नको लागि सबै ठाँउबाट वातावरण मिलाउन सक्नुपर्ने बताए । 

    उनले भने, ‘आर्थिक समृद्धि हासिल गर्नको लागि नीजि क्षेत्रले सक्रिय रुपमा काम गर्न सक्यो भने र त्यसको लागि सबै ठाँउबाट वातावरण मिलाउन सकियो भने मात्र सम्भव हुन्छ भन्ने नीजि क्षेत्रको धारणा छ ।’ 

    यस्तै, उनले नेपालमा केही सम्भावना छैन् भन्ने नकारात्मक भाष्य चिर्नको लागि नेपाल डेभ्लब्मेन्ट पब्लिक लिमिटेड कम्पनी मार्फत व्यवसायीहरुलाई इक्यिूटी दिने काम सुरु गरेको बताए । 

    उनले भने, ‘नकारात्मक रुपमा नेपालमा केही सम्भावना छैन्, भन्ने जुन भाष्य तयार गरिएको छ त्यस्तो होइन । नेपालमा साच्चै सम्भावना छ, धेरै कामहरु गर्न सक्ने ठाँउहरु छ भन्ने हिसाबमा महासंघको पहलमा महासंघ अन्तरगतका व्यवसायीलगायत अन्य सबै व्यवसायीहरुलाई इक्यिूटी चाहिएको छ भने त्यो कम्पनीमार्फत इक्यिूटी दिने हिसाबले नेपाल डेभ्लब्मेन्ट पब्लिक लिमिटेड कम्पनी भनेर अगाडि बढाएका छौ ।’

    देशमा उद्योग व्यवसायको लागि राम्रो वातावरण बन्ने हो भने मात्र राज्यले गरेको अपेक्षा पूरा हुनसक्ने बताए । उनले भने, ‘महासंघको तर्फबाट सहकार्य गरेर अगाडि बढ्ने विश्वास पनि दिलाउन चाहन्छु । देशमा उद्योग व्यवसायहरु भयोभने उद्योग व्यवसायको वातावरण बन्यो भने र आर्थिक गतिविधि बढ्यो भने ट्रेड युनियन, मजदुर साथीहरु, व्यवसायी र राज्यले गरेको अपेक्षा पूरा हुनसक्छ भन्ने हामी सबै बुझाई छ । आर्थिक गतिविधि बढाउने, रोजगारी सिर्जना गर्ने काम भयो भने देशमा आर्थिक समृद्धि आउनसक्छ ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend