२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

फिदिम र फुङलिङमा एभरेष्ट बैंकको शाखा विस्तार


सञ्चार डबली
  • शुक्रबार, पुस १२ २०८१
  • 5.6K
    SHARES

  • images
    फिदिम र फुङलिङमा एभरेष्ट बैंकको शाखा विस्तार

    काठमाडौं, पुस १२ । एभरेष्ट बैंक लिमिटेडले फिदिम र फुङलिङ नगरपालिकामा सेवा विस्तार गरेको छ।

    बैंकले पुस ११ गते फिदिम नगरपालिका पाँचथरमा १३०औं शाखा र पुस १२ गते फुङलिङ नगरपालिका ताप्लेजुङमा १३१औं शाखाको शुभारम्भ गरेको हो।

    यी दुई शाखाको सञ्चालन पश्चात कोशी प्रदेशमा बैंकको शाखा संख्या २० पुगको छ।  यससँगै देशभर छरिएर रहेका बैंकका सम्पूर्ण शाखा सञ्जालहरू मार्फत आफ्नो सेवा विस्तार गर्न सम्पूर्ण ग्राहकहरूलाई सहज हुने विश्वास बैंकले लिएको छ।

    पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको तथा स्थापना कालदेखि नै ग्राहकहरूको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १४ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो १३१ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरू, १६७ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।

    बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend