२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ बढ्यो, कुन देशको मुद्रालाई कति पर्ला ?


सञ्चार डबली
  • शुक्रबार, पुस १२ २०८१
  • 5.8K
    SHARES

  • images
    आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ बढ्यो, कुन देशको मुद्रालाई कति पर्ला ?

    काठमाडाैं, पुस १२ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार, अमेरिकी डलर, स्वीस फ्र्याङ्क, सिङ्गापुर डलर, साउदी अरेबियन, चिनियाँ युआन, कतारी रियाल, युएई दिराम, मलेसियन रिङ्गेट, स्वप्डिस क्रोनर, डेनिस क्रोनर, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको भाउ बढ्दा युरोपियन युरो, युके पाउण्ड स्टर्लिङ, अष्ट्रेलियन डलर, दक्षिण कोरियन वनको भाउ घटेको छ । 
     
    केन्द्रीय बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ १३ पैसा र बिक्रीदर १३६ रुपैयाँ ७३ पैसा कायम भएको छ । यसअघि भने अमेरिकी डलर एकको खरिद मूल्य १३६ रुपैयाँ ०३ पैसा र बिक्री मूल्य १३६ रुपैयाँ ६३ पैसा तोकिएको थियो ।

    त्यस्तै, युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४२ रुपैयाँ २१ पैसा कायम गरिएको छ । युके पाउण्ड स्टर्लिङ एकको खरिददर १७० रुपैयाँ ५८ पैसा र बिक्रीदर १७१ रुपैयाँ ३४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५१ रुपैयाँ २७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ९४ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ८५ पैसा र बिक्रीदर ८५ रुपैयाँ २२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९५ रुपैयाँ ०६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०० रुपैयाँ २३ पैसा र बिक्रीदर १०० रुपैयाँ ६७ पैसा निर्धारण गरिएको छ ।

    जापानी येन १० को खरिददर आठ रुपैयाँ ६४ पैसा र बिक्रीदर आठ रुपैयाँ ६८ पैसा,  चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६५ पैसा र बिक्रीदर १८ रुपैयाँ ७३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ २५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५२ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९८ पैसा र बिक्रीदर चार रुपैयाँ, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३७ रुपैयाँ २३ पैसा,  मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ४६ पैसा र बिक्रीदर ३० रुपैयाँ ६० पैसा कायम भएको छ ।

    दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ २९ पैसा र बिक्रीदर ९ रुपैयाँ ३३  पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १२ रुपैयाँ ३६ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९८ पैसा र बिक्रीदर १९ रुपैयाँ ०६ पैसा तोकिएको छ ।

    यस्तै, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ५३ पैसा र बिक्रीदर १७ रुपैयाँ ६० पैसा, कुवेती दिनार एकको खरिददर ४४१ रुपैयाँ ६८ पैसा र बिक्रीदर ४४३ रुपैयाँ ६३ पैसा, बहराइन दिनार एकको खरिददर ३६० रुपैयाँ ७५ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ३४ पैसा, ओमनी रियाल एकको खरिदर ३५३ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३५५ रुपैयाँ १२ पैसा, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend