२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

विभान्ता डेन्टल, हिमाल डेन्टल र प्रभु बैंकबिच सम्झौता, ग्राहक र कर्मचारीलाई विशेष छुट


सञ्चार डबली
  • बिहीबार , पुस ११ २०८१
  • 6.7K
    SHARES

  • images
    विभान्ता डेन्टल, हिमाल डेन्टल र प्रभु बैंकबिच सम्झौता, ग्राहक र कर्मचारीलाई विशेष छुट

    बिहिवार, पुस ११ २०८१

    काठमाडौँ । प्रभु बैंक लिमिटेडले काठमाडौँ महानगरपालिका-२८, कमलादीस्थित विभान्ता डेन्टल हस्पिटल र काठमाडौँ महानगरपालिका-४, धुम्बाराहीस्थित हिमाल डेन्टल हस्पिटल प्रा.लि.सँग सम्झौता गरेको छ । बैंकले आफ्ना ग्राहक र कर्मचारीहरूलाई दन्त सेवा सुविधामा विशेष छुट प्रदान गर्न उक्त सम्झौता गरेको हो ।

    प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरूले २० प्रतिशत छुट पाउने भएका छन् । सो छुट सेवा सुविधा विभान्ता डेन्टल हस्पिटल प्रा.लि.र हिमाल डेन्टल हस्पिटल प्रा.लि.मा प्राप्त गर्न सकिनेछ ।

    उक्त सम्झौता पत्रमा विभान्ता डेण्टल हस्पिटल र हिमाल डेन्टल हस्पिटलका तर्फबाट अध्यक्ष तथा प्रबन्ध निर्देशक राजेन्द्र प्रसाद भट्ट र महाप्रबन्धक किशोर भट्ट तथा प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर निरज लम्साल र मार्केटिङ म्यानेजर सबिन राणाले संयुक्त हस्ताक्षर गरे ।

    त्यसैगरी, ग्राहकहरूको रोजाईको अग्रणी बैंकको रूपमा रहेको तथा हालसालै ‘बैंक अफ द इयर २०२३’को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३११ शाखा कार्यालयहरू, २८४ एटिएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाख भन्दा बढि ग्राहकहरूलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ ।

    साथै प्रभु बैंक फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट पनि सम्मानित भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend