२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

मंसिरमा वाणिज्य बैंकहरूले ४२ अर्ब कर्जा प्रवाह गरे


सञ्चार डबली
  • बुधबार, पुस १० २०८१
  • 6.4K
    SHARES

  • images
    मंसिरमा वाणिज्य बैंकहरूले ४२ अर्ब कर्जा प्रवाह गरे

    काठमाडौं, पुस १० । मंसिरको एक महिनामा वाणिज्य बैंकहरुले ४२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। चाडपर्व सकिएपछि कर्जा विस्तार करिब ८० अर्ब हाराहारी विस्तार गर्ने अपेक्षा गरिएकोमा त्यसको आधा मात्रै कर्जा विस्तार हुन सकेको बैंकरहरुले बताएका छन्।

    चालु वर्ष साउनमा २ अर्ब, भदौमा ५३ अर्ब र असोजमा ५६ अर्ब कर्जा प्रवाह भएकामा कात्तिकमा कर्जा २ अर्बले खुम्चिन पुगेको थियो। कर्जाको ब्याजदर निरन्तर घट्दै आइरहेको र चाडपर्व सकिएको हुँदा मंसिरमा माग निक्कै बढ्ने अपेक्षा गरिएकोमा कर्जा विस्तार हुन नसक्नु चुनौतीको विषय बनेको छ।

    सञ्चालनमा रहेका २० मध्ये १४ बैंकले मंसिरमा व्यवसाय केही बढाउँदा ६ बैंकको भने खुम्चिएको छ। मंसिरमा एभरेष्ट बैंकले सबैभन्दा धेरै ७ अर्ब ७९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। यो बैंकले चालु आर्थिक वर्ष पछिल्लो ५ महिनामा साढे १८ अर्ब रुपैयाँ भन्दा लगानी गर्न सकेको छैन।

    यस्तै राष्ट्रिय वाणिज्य बैंकहरुले ६ अर्ब ५३ करोड रुपैयाँ, एनएमबि बैंकले ५ अर्ब ७९ करोड रुपैयाँ, ग्लोबल आइएमई बैंकले ५ अर्ब ६७ करोड रुपैयाँ र प्राइम कमर्सियल बैंकले ४ अर्ब ४१ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्। हिमालयन बैंकले मंसिरमा सबैभन्दा कम जम्मा ९० करोड रुपैयाँ कर्जा लगानी गरेको छ। सिटिजन्स, कुमारी, माछापुच्छ्रे, एनआईसी एसिया, प्रभु र स्टान्डर्ड चाटर्ड बैंकको कर्जा लगानी खुम्चिएको छ।

    मंसिर महिनामा एनआईसी एसिया बैंकको कर्जा सबैभन्दा धेरै ४ अर्ब २४ करोड रुपैयाँले खुम्चिएको छ। चालु आर्थिक वर्ष पछिल्लो ५ महिनामा यो बैंकको व्यवसाय २७ अर्ब ९७ करोड रुपैयाँले घटिसकेको छ।

    मंसिरमा वाणिज्य बैंकहरुमा ३३ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। त्यसमध्ये ६४.४८ प्रतिशत निक्षेप राष्ट्रिय वाणिज्य बैंकमा जम्मा भएको हो। राष्ट्रिय वाणिज्य बैंकमा मंसिरमा २१ अर्ब ४८ करोड रुपैयाँ निक्षेप थपिएको छ।

    मंसिरमा १२ बैंकमा निक्षेप थपिँदा ८ बैंकमा भने खुम्चिएको छ। नेपाल बैंकमा ११ अर्ब ३१ करोड रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा ९ अर्ब ३३ करोड रुपैयाँ र नबिल बैंकमा ७ अर्ब ६५ करोड रुपैयाँ निक्षेप थपिएको छ।

    मंसिरमा एनआईसी एसिया बैंकमा सबैभन्दा धेरै ११ अर्ब ४३ करोड रुपैयाँ निक्षेप घटेको छ। कृषि विकास बैंक, हिमालयन, कुमारी, माछापुच्छ्रे, नेपाल एसबीआई, एनएमबि र स्टान्डर्ड चाटर्ड बैंकको निक्षेप पनि खुम्चिएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend