२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सिद्धार्थ बैंकको २२ औँ वार्षिकोत्सव सम्पन्न


सञ्चार डबली
  • बुधबार, पुस १० २०८१
  • 5.3K
    SHARES

  • images
    सिद्धार्थ बैंकको २२ औँ वार्षिकोत्सव सम्पन्न

    पौष १०, २०८१

    काठमाडौँ । १७ औँ वाणिज्य बैंकको रुपमा २०५९ साल पौष ९ गते स्थापित सिद्धार्थ बैंकले आफ्नो स्थापना कालको २२ औँ वर्ष पुरा गरेको छ । बैंक संचालनको २२ वर्ष पूरा भएको अवसरमा बैंकले नक्साल स्थित आफ्नो प्रधान कार्यालय भवनमा प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृत र बैंकमा कार्यरत कर्मचारीहरुको उपस्थितिमा एक कार्यक्रम गरी बैंकको वार्षिकोत्सव सम्पन्न गरेको छ ।

    यसैगरी बैंकले आफ्नो वार्षिकोत्सवलाई भव्य र सभ्य बनाउने उद्देश्यले विभिन्न कार्यक्रमहरूको आयोजना गरेको जनाएको छ । यस अवसरमा, फुटसल प्रतियोगिता, टेबल टेनिस, देशका विभिन्न स्थानहरूमा रक्तदान कार्यक्रमका साथसाथै बैंकमा कार्यरत रही १५ वर्ष पूरा गरेका कर्मचारीहरूको योगदानलाई कदर गर्दै उनीहरूलाई अभिनन्दन गरेको बैंकले जनाएको छ ।

    डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ ग्राहक महानुभावहरुलाई लक्षित गर्दै “सिद्धार्थ बैंक २२ औं वार्षिकोत्सव अफर” ल्याएको छ । यस अफर सम्बन्धी विस्तृत जानकारी र शर्तहरू बैंकको वेबसाइटमा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

    यहि अवसरमा बैंकले देशका विभिन्न स्थानहरु; काठमाडौँ र धनगढीमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारीहरुका साथसाथै, ग्राहक महानुभावहरु एवं स्थानीयवासीहरु गरी १०२ जना रक्तदाताहरुको सहभागिता रहेको थियो भने देशका अन्य बाँकी प्रदेशहरुमा पनि बैंकको रक्तदान कार्यक्रम गर्ने योजना रहेको छ ।

     

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend