२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

घट्यो सुन–चाँदीको भाउ, कतिमा हुँदैछ किनबेच ?


सञ्चार डबली
  • बुधबार, पुस १० २०८१
  • 7.0K
    SHARES

  • images
    घट्यो सुन–चाँदीको भाउ, कतिमा हुँदैछ किनबेच ?


    काठमाडौं । आज नेपाली सुनचाँदी बजारमा  सुनको मूल्य सामान्य घटेको छ।मंगलबार स्थिर रहेको सुनको भाउ बुधबार प्रतितोला एक सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ। 

    मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।यस्तै, बुधबार चाँदीको मूल्य पनि सामान्य घटेको छ।यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ।

    मंगलबार चाँदी प्रतितोला एक हजार आठ सय पाँच रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय १७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend