२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

जीवन बीमा कम्पनीहरुले संकलन गरे पौने ६६ अर्ब रुपैयाँ प्रिमियम, कसले कति कमाए ?


सञ्चार डबली
  • बुधबार, पुस १० २०८१
  • 7.2K
    SHARES

  • images
    जीवन बीमा कम्पनीहरुले संकलन गरे पौने ६६ अर्ब रुपैयाँ प्रिमियम, कसले कति कमाए ?

    काठमाडौं, पुस १० । जीवन बीमा कम्पनीहरुले पौने ६६ अर्ब रुपैयाँ प्रिमियम संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङ्कअनुसार जीवन बीमा कम्पनीहरुले चालु आवको पाँच महिनासम्ममा ६५ अर्ब ७४ करोड १८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । जीवन बीमकहरुले आर्जन गरेको यो बीमाशुल्क रकम गत आवको सोही अवधिसम्मको तुलनामा ६.४७ प्रतिशत बढी हो । गत आवको यसै अवधिसम्म १४ जीवन बीमा कम्पनीले ६१ अर्ब ७४ करोड ७१ लाख रुपैयाँ प्रिमियम संकलन गरेका थिए ।

    हिमालयन लाइफ र सरकारी स्वामित्वमा रहेका राष्ट्रिय जीवन बीमा कम्पनी बाहेक सबै कम्पनीले गत आवको तुलनामा व्यवसाय बढाएका छन् । देशको अर्थतन्त्रमा सुधार देखिन थालेपनि जीवन बीमकहरुले व्यवसायमा ग्रोथ देखिएको हो । मंसिर महिनासम्ममा सर्वाधिक नेपाल लाइफले १८ अर्ब ७६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । कम्पनी एक्लैले कुल व्यवसायको २८.५४ प्रतिशत बीमाशुल्क संकलन गरेको हो । त्यस्तै, दोस्रोमा नेशनल लाइफले ७ अर्ब ९८ करोड, लाइफ इन्स्योरेन्स कर्पोरेशनले ७ अर्ब ६६ करोड रुपैयाँ, हिमालय लाइफले ६ अर्ब ७९ करोड, सुर्यज्योति लाइफले ३ अर्ब ९९ करोड, एशियन लाइफले ३ अर्ब ३६ करोड, सिटिजन लाइफले २ अर्ब ६५ करोड, सानिमा रिलायन्स लाइफले २ अर्ब ५९ करोड, मेट लाइफले २ अर्ब ३३ करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले २ अर्ब २५ करोड, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ९४ करोड, रिलायबल नेपाल लाइफले १ अर्ब ९२ करोड, आइएमई लाइफले १ अर्ब ८९ करोड रुपैयाँ र सन नेपाल लाइफले १ अर्ब ५७ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।

    गत आवको तुलनामा सर्वाधिक व्यवसाय बढाउनेमा भने रिलायबल नेपाल लाइफ रहेको छ । कम्पनीले २५.४४ प्रतिशत व्यवसाय ग्रोथ गर्न सफल भएको छ । १० बीमा कम्पनीको व्यवसाय गत आवको तुलनामा बढेको छ भने दुई कम्पनीको घटेको छ । हिमालयन लाइफको ०.११ प्रतिशत र राष्ट्रिय जीवन बीमा कम्पनीको ५०.११ प्रतिशतले व्यवसाय घटेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend