२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नेपाल बैंक र काठमाडौँ डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता


सञ्चार डबली
  • सोमबार, पुस ८ २०८१
  • 7.6K
    SHARES

  • images
    नेपाल बैंक र काठमाडौँ डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता

    सोमवार, पुस ८ २०८१
    काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र काठमाडौँ डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.बिच आइतबार एक सम्झौता भएको छ । बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई काठमाडौँको माछापोखरीमा अवस्थित बुद्ध मलमा रहेको काठमाडौँ डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।

    बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई काठमाडौँको माछापोखरीमा अवस्थित बुद्ध मलमा रहेको काठमाडौँ डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

    सो सम्झौता बमोजिम अस्पतालको विविध सेवाहरूमा लाग्ने शुल्कहरूमा नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूलाई विल रकमको ३० प्रतिशत र बैंकमा खाता रहेका ग्राहकहरूलाई २५ प्रतिशतले छुट हुने भएकोे छ ।

    उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र काठमाडौँ डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.कोतर्फबाट अध्यक्ष दयासागर साहले हस्ताक्षर गरे ।

    नेपाल बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले काठमाडौँ डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टरले प्रदान गर्ने दन्त र मुखसँग सम्बन्धित उच्च स्तरीय उपचार सेवाबाट लाभान्वित हुन सक्नेछन् । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend