२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

साउनदेखि मंसिर मसान्तसम्म करिब १ खर्बको पेट्रोल र ग्यास आयात


सञ्चार डबली
  • सोमबार, पुस ८ २०८१
  • 6.1K
    SHARES

  • images
    साउनदेखि मंसिर मसान्तसम्म करिब १ खर्बको पेट्रोल र ग्यास आयात


    काठमाडौं । यो वर्षको साउनदेखि मंसिर मसान्तसम्म ९२ अर्ब ८५ करोड ६२ लाख ६२ हजार रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ।

    यो पाँच महिनामा ४२ अर्ब १७ करोड २८ लाख ६२ हजार बराबरको डिजेल नेपालले खरिद गरेको छ। यसैगरी २६ अर्ब ४५ करोड ४३ लाख बराबरको पेट्रोल र २४ अर्ब २२ करोड ९१ लाख बराबरको एलपी ग्यास आयात भएको छ।

    भन्सार विभागद्वारा आज सार्वजनिक चालू आर्थिक वर्षको मंसिर मसान्तसम्मको वैदेशिक व्यापारसम्बन्धी तथ्यांकमा उक्त जानकारी दिइएको छ। चालू आवको पाँच महिनामा ६ खर्ब ६१ अर्ब ४८ करोड ८५ लाख ९४ हजार बराबरको वस्तु आयात भएको छ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend