२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

प्यूठानको भिंग्री नजिकै कार भीरबाट खस्दा ८ जनाको मृत्यु 


सञ्चार डबली
  • सोमबार, जेठ २९ २०८०
  • 13.0K
    SHARES

  • images
    प्यूठानको भिंग्री नजिकै कार भीरबाट खस्दा ८ जनाको मृत्यु 


    काठमाडौं, २९ जेठ । स्वर्गद्वारीबाट फर्केको कार दुर्घटनामा तीन बालबालिकासहित ८ जनाको मृत्यु भएको छ । प्यूठानको भिंग्री नजिकै लु १ च ६३४५ नम्वरको कार आज दिउसो भीरबाट खस्दा ८ जनाको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरीले जानकारी दिएको छ । प्युठानमा स्वर्गद्वारी दर्शन गरेर फर्केका तीर्थयात्री चढेको निजी गाडी दुर्घटनामा परेको हो ।

    गाडीमा लमही ५ का २ महिला २ पुरुष र ४ बालबालिका सवार रहेको प्रहरीले जनाएको छ ।  शव अस्पताल लग्ने तयारी भइ रहेको छ । लमही ५ का चालक तारा कुमाल बाहेक अन्य मृतकको पहिचान खुलेको छैन् । घटनाको थप विवरण आउन बाँकी छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend