काठमाडौं । आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्य बढेको छ । तीन दिन लगातार घटेको मूल्य आज भने तोलामा एक हजार १०० रुपैयाँले बढेको हो ।
आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


