२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नेपाल एसबिआई बैंकद्वारा संस्कृत विद्यालयलाई आर्थिक सहयोग प्रदान


सञ्चार डबली
  • शुक्रबार, पुस ५ २०८१
  • 6.0K
    SHARES

  • images
    नेपाल एसबिआई बैंकद्वारा संस्कृत विद्यालयलाई आर्थिक सहयोग प्रदान

    काठमाडौँ , पुस ५ । नेपाल एसबिआई बैंकले चितवनको एक संस्कृत विद्यालयलाई आर्थिक सहायता प्रदान गरेको छ । बैंकले चितवन रत्ननगरमा रहेको गायत्री बेद बेदाङ्ग संस्कृत विद्यालय गुरुकुलमलाई सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आर्थिक सहयोग गरेको हो ।

    कार्यक्रममा बैंकका बागमति प्रदेश कार्यलय प्रमुख,प्रविण मुनि बज्राचार्यले गायत्री बेद बेदाङ्ग संस्कृत विद्यालय गुरुकुलमका प्राचार्य सुभास चालिसेलाई औपचारिक रुपमा सहयोग रकम हस्तान्तरण गरेका थिए ।

    उक्त कार्यक्रममा बैंक तथा गुरुकुलमका अन्य वरिष्ठ पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो । बैंकले समुदाय स्तरमा संस्कृति तथा सम्पदा संरक्षणको लागि समय समयमा यस्ता गतिविधिहरु गर्दै आइरहेको जनाएको छ ।

    हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend