२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

एनआईसी एशिया बैंकको सहयोगमा निर्माण गरिएको बाला सुन्दरी माध्यमिक विद्यालयको पुस्तकालय उद्घाटन


सञ्चार डबली
  • बिहीबार , पुस ४ २०८१
  • 7.3K
    SHARES

  • images
    एनआईसी एशिया बैंकको सहयोगमा निर्माण गरिएको बाला सुन्दरी माध्यमिक विद्यालयको पुस्तकालय उद्घाटन

    काठमाडौं , पुस ४ । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकभरका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा निर्माण गरेका भवनहरुमध्ये मधेश प्रदेशको सिराहास्थित भगवानपुर गाउँपालिका–१ मा अवस्थित बाला सुन्दरी माध्यमिक विद्यालयमा पुस्तकालय उद्घाटन गरिएको छ ।

    विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामग्रीहरु उपलब्ध गराई अध्ययन अध्यापनमा सहयोग गर्न र विद्यालयमा उत्कृष्ट शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यले सम्बन्धित विद्यालय एवं स्थानीय तहको सक्रिय सहभागितामा बैंकको सहयोगमा निर्माण गरी उक्त विद्यालयलाई हस्तान्तरण गरिएको पुस्तकालय भवन माघ २७ गते उद्घाटन गरिएको छ ।

    उक्त पुस्तकालय उद्घाटन समारोहमा सोही गाउँपालिकाका अध्यक्ष उग्र नारायण यादव र बैंकका तर्फबाट यस बैंकका मधेश प्रदेश-६ का प्रमुख शंकर ढकाल र सम्बन्धित विद्यालयका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो । यस पुस्तकालय सञ्चालनमा आएसँगै उक्त विद्यालयका ११ सय भन्दा धेरै विद्यार्थी तथा शिक्षक/शिक्षिकाहरु प्रत्यक्षरुपमा लाभान्वित भएका छन् ।

    यसअघि, बैंकले गण्डकी प्रदेशको तनहुँस्थित बन्दिपुर गाउँपालिका–१ मा अवस्थित पवित्रा माध्यमिक विद्यालय, सुदूरपश्चिम प्रदेशको कैलालीस्थित जोशीपुर गाउँपालिका–१ मा अवस्थित मोहन्याल माध्यमिक विद्यालय, कोशी प्रदेशको झापास्थित बुद्धशान्ती गाउँपालिका–२ मा अवस्थित आदर्श माध्यमिक विद्यालय र सोही जिल्लाको गौरीगञ्ज गाउँपालिका–३ मा अवस्थित गौरीगञ्ज माध्यमिक विद्यालयमा निर्माण गरिएका पुस्तकालयको उद्घाटन भइसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend