२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

२५९६ विन्दुमा झर्‍यो नेप्से, कारोबार रकम भने बढ्यो


सञ्चार डबली
  • बिहीबार , पुस ४ २०८१
  • 6.2K
    SHARES

  • images
    २५९६ विन्दुमा झर्‍यो नेप्से, कारोबार रकम भने बढ्यो


    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। बुधबार  ५.६० अंकले घटेको नेप्से परिसूचक  आज ३१.४३ अंकले घटेर २५९६.८२ विन्दुमा पुगेको हो।

    सेन्सेटिभ इण्डेक्स  ४.३५ अंकले घटेर ४४५.७७ विन्दुमा पुगेको छ। कारोबार रकम बुधबारको तुलनामा घटेको छ। आज ३१० स्क्रिप्सको ९८ लाख ३२ हजार ३०८ कित्ता सेयर ४ अर्ब ७६ करोड २ लाख ६७ हजार ४८३ रुपैयाँमा खरिदबिक्री भए।

    बुधबार  ४ अर्ब  २७ करोड रुपैयाँको सेयर कारोबार भएको थियो। दोहोरो अंकले घटेको सेयर बजारमा एउटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।  सपोर्ट माइक्रोफाइनान्स वित्तिय संस्थाको सेयर १० प्रतिशतले घटेको हो।

    सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर ७.९६,भूगोल इनर्जी डेभलपमेन्टको ५.०९,मेन्छियाम हाइड्रोपावरको ४.५० र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको ४.३९ प्रतिशतले बढ्यो। यसदिन नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर ९.२१ प्रतिशतले घट्यो। कारोबार  रकमका आधारमा १७ करोड ६० लाख मूल्य बराबरको सेयर कारोबार भयो।

    कर्णाली डेभलपमेन्ट बैंकको ११ करोड,नेपाल फाइनान्सको १० करोड,एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्टको ८ करोड र जोशी  हाइड्रोपावर डेभलपमेन्टको ७ करोड मूल्य बराबरको सेयर कारोबार भयो। कारोबारमा आएकामध्ये २९ स्टक्सको मूल्य बढ्दा २११ वटाको घट्यो। बाँकी ३ स्टक्सको मूल्य भने स्थिर रह्यो। आज सबै समूहको उपसूचक नकारात्मक देखिएका छन्। 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend