२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले बोलायो साधारणा सभा, लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


सञ्चार डबली
  • मंगलबार, पुस २ २०८१
  • 6.0K
    SHARES

  • images
    शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले बोलायो साधारणा सभा, लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    मंगलबार, ०२ पुस २०८१
    काठमाडौं । पौष १९ गते, शुक्रबार साधारण सभा बोलाएको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात पुस ३ गते बुकक्लोज गर्दैछ । आजसम्म नेप्सेमा कारोबार गरिरहेका शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

    बैंकले आफ्नो सोह्रौँ वार्षिक साधारण सभा ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटल, प्रा.लि., मणिग्राम, रुपन्देहीमा गर्ने जनाएको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

    साधारण सभाले मर्जर तथा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिमा संस्थापकका तर्फबाट ३ जना र सर्वसाधारणका तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend