२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

नेपाल एसबिआई बैंक र रेडिसन होटेलबीच सम्झौता


सञ्चार डबली
  • सोमबार, पुस १ २०८१
  • 5.7K
    SHARES

  • images
    नेपाल एसबिआई बैंक र रेडिसन होटेलबीच सम्झौता

    काठमाडौं, पुस १ । नेपाल एसबिआई बैंक र रेडिसन होटेल काठमाडौँ बीच बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी खाध्य तथा पेय पदार्थमा १५५ सम्म छुट दिने सम्झौता भएको छ ।

    उक्त सम्झौतापत्र बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत, दीपक कूमार देको उपस्थितिमा बैंकका प्रमुख संचालन अधिकृत, विकास आनन्द र रेडिसन होटेल काठमाडौँका निर्देशक (खाध्य तथा पेय पदार्थ), केदार पाण्डेले आदानप्रदान गरेका थिए । उक्त कार्यक्रममा बैंकका प्रमुख व्यवसाय प्रबर्धन अधिकृत, रितेश अर्याल र बैंक तथा होटेलका अन्य वरिष्ठ पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।

    हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend