२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

शेयर बजारमा भारि गिरावट, शेयर मूल्यमा पहिरो जाँदा चिन्तित लगानीकर्ता


सञ्चार डबली
  • सोमबार, पुस १ २०८१
  • 6.1K
    SHARES

  • images
    शेयर बजारमा भारि गिरावट, शेयर मूल्यमा पहिरो जाँदा चिन्तित लगानीकर्ता

    काठमाडौं, पुस १ । शेयर बजारमा आज भारी अंकको गिरावट आएको छ। नेप्से परिसूचक ५१.३७ अंकले घटेर २६३०.९१ को विन्दुमा बन्द भएको छ।

    आज ३०४ कम्पनीको शेयर किनबेच हुँदा ५ अर्ब ९३ करोडको शेयर कारोबार भएको छ । आज १५ कम्पनीको मूल्य बढेको छ भने २२७ कम्पनीको मूल्य घटेको छ ।

    आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २६ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जोशी हाइड्रोको १८ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जानकी फाइनान्सको १८ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै केथेली बुखरी हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । जोशी हाइड्रोका लगानीकर्ताले ८ दशलमव ७० प्रतिशतका दरले कमाएका हुन् । कुमारी सबल योजनाका इकाईधनीले ५ प्रतिशतका दरले कमाएका छन् ।

    आज सबैभन्दा धेरै जानकी फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ५८ प्रतिशतका दरले गुमाएका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend