२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

निजी क्षेत्रहरुले अर्थतन्त्रलाई बढाउन धेरै सहयोग पुर्याएको  छ : अध्ययक्ष ढकाल 


सञ्चार डबली
  • आइतबार, मंसिर ३० २०८१
  • 7.1K
    SHARES

  • images
    निजी क्षेत्रहरुले अर्थतन्त्रलाई बढाउन धेरै सहयोग पुर्याएको  छ : अध्ययक्ष ढकाल 


    काठमाडौं । नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालले आफ्नो ४८ औँ वार्षिकोत्सव मनाएको छ । आइतबार एक विशेष समारोहकाबीच नाडा अटोमोवाईल्सले आफ्नो ४८ औँ वार्षिकोत्सव मनाएको हो ।४८ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्ययक्ष चन्द्रप्रसाद ढकालले नाडाले देशको राजश्वमा सहयोग पुर्याएको बताएका छन् ।

     उनले देशको अर्थिक अवस्था राजश्व संकलनमा ठूलो योगदान पुर्याएको बताएका हुन् । उनले भने, ‘नाडाले देशको चाँही खास गरेर यो राजश्वको कन्ट्रिभ्युसनमा धेरै ठूलो योगदान पुर्याएको छ । २० देखी २१ प्रतिशत राजश्वको कन्ट्रिभ्युसनको काम नाडाले गरिहेको छ । साथसाथै  बैंक, रोजगारीदेखी लिएर राजश्व कन्ट्रिभ्युसनमा नाडाले धेरै नै महत्वपूर्ण सहयोग पुर्याएको छ ।’

    साथै उनले निजी क्षेत्रहरुले अर्थतन्त्रलाई बढाउन धेरै सहयोग पुर्याएको बताए । उनले दुई ठूला पार्टीका नेताहरु मिलेर सरकार बनेपछि निजी क्षेत्रको लागि अलिकति  नीति नियम आउनेमा विश्वास लिएको बताए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend