२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

 आज बैंक वित्तीय संस्था र शेयर बजार बन्द रहने


सञ्चार डबली
  • आइतबार, मंसिर ३० २०८१
  • 6.2K
    SHARES

  • images
     आज बैंक वित्तीय संस्था र शेयर बजार बन्द रहने

    काठमाडौं ।सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । किरात समुदायको पर्व उधौली, नेवार समुदायको योमरी पूर्णिमा (योमरी पुन्हि) र धान्य पूर्णिमाको अवसरमा देशैभर सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ । 

    सरकारले सार्वजनिक बिदा दिएसँगै आज सरकारी कार्यालय, बैंक, बिमा, विद्यालयहरू बन्द रहनेछन् । किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङनाम मनाउँने गर्छन् । पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व मनाउँदै छन् ।   

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend