२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

अस्ट्रेलियाको मेलबर्नमा सुरु भयो  ‘मेड इन नेपाल एक्स्पो’: नेपाली उत्पादनलाई विश्वसामु पुर्‍याउने उदेश्य


सञ्चार डबली
  • आइतबार, मंसिर ३० २०८१
  • 5.6K
    SHARES

  • images
    अस्ट्रेलियाको मेलबर्नमा सुरु भयो  ‘मेड इन नेपाल एक्स्पो’: नेपाली उत्पादनलाई विश्वसामु पुर्‍याउने उदेश्य


    काठमाडौं । शनिबारदेखि अस्ट्रेलियाको मेलबर्नमा  ‘मेड इन नेपाल एक्स्पो’ सुरु भएको छ। नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ महिला उद्यमी महासंघ नेपालका अध्यक्ष शोभा ज्ञवालीको अध्यक्षतामा एक्स्पो सुरु गरिएको हो । 

    एक्स्पोमा नेपाली उद्यमीहरूले उत्पादन गरेका हस्तकला, कृषि, कपडा, रेसाजन्य वस्तु, शिक्षा, पर्यटन, खाद्य सामग्री तथा सांस्कृतिक उत्पादनहरूको प्रवर्द्धन, प्रदर्शन र बिक्रीका लागि राखिएको छ। एक्स्पो आइतबारसम्म चल्नेछ। नेपाली उत्पादन र संस्कृतिलाई विश्वसामु पुर्‍याउने यस पहललाई महिला उद्यमी महासंघ नेपाल र नेप्को इन्टरटेनमेन्टले सहकार्य गरिरहेका छन्।

    उक्त उद्घाटन समारोह प्रमुख अतिथिका रूपमा मारिबिर्नोङ काउन्सिलका मेयर प्रदीप तिवारी, काउन्सिलर मिस सु बोल्टन, ढोरपाटन नगरपालिकाका कार्यवाहक नगरप्रमुख धनबहादुर कायत, गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष तथा उद्यमी शेष घले, उद्यमी जमुना घले लगायतको सानदारउपस्थितिमा सुरु गरिएको थियो।

    उद्घाटन समारोहमा बोल्दै मेयर तिवारीले महिला उद्यमी महासंघलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले कार्यक्रमका लागि भेन्यू व्यवस्थापनदेखि अन्य आवश्यक सहयोग उपलब्ध गराउने बताउँदै नेपालका उत्पादनहरू उत्कृष्ट रहेको उल्लेख समेत गरे।

    काउन्सिलर बोल्टनले पनि अस्ट्रेलियाले नेपाललाई माया गर्ने र आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई सघाउने बताइन्। उद्यमी शेष घलेले नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा कसरी लैजान सकिन्छ भन्नेबारे जोड दिए। उनले अस्ट्रेलियामा यस्ता प्रदर्शनीहरूको आयोजनालाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याए।

    महिला उद्यमी महासंघका अध्यक्ष ज्ञवालीले महासंघको पहिलो अन्तर्राष्ट्रिय सहआयोजनाका रूपमा यस एक्स्पोले ऐतिहासिक महत्व राख्ने बताइन्। उनले नेपाली उत्पादनलाई विश्व बजारमा पुर्‍याउन कला, शिक्षा र संस्कृतिलाई माध्यम बनाउनुपर्नेमा जोड दिइन्।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend