२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

कञ्चनपुरबाट लागूऔषधसहित तीन युवक पक्राउ


सञ्चार डबली
  • सोमबार, जेठ २९ २०८०
  • 8.7K
    SHARES

  • images
    कञ्चनपुरबाट लागूऔषधसहित तीन युवक पक्राउ


    काठमाडौ, २९ जेष्ठ । कञ्चनपुरबाट लागूऔषधसहित प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । गएराति भीमदत्त नगरपालिका–११ स्थित नेपाल भारत सीमा ७ नम्बर पिल्लर नजिक सोही नगरपालिका–५ सुकासालका २१ वर्षीय सौरव पहरी, २० वर्षीय सुरज सुनार र २१ वर्षीय कोहरिस दमाइ पक्राउ परेका हुन् ।

    शंकालागि चेकजाँच गर्दा उनीहरूको साथबाट ०।५१ ग्राम चरेश, ०।६० ग्राम खैरोहेरोईन र मोवाईल १ थान बरामद गरी तिनै जनालाई सशस्त्र प्रहरी सीमा सुरक्षा बलबाट खटिएको टोलीले पक्राउ गरेको हो । यस विषयमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend