२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

विश्व बैंकले नेपाललाई दिने साढे १३ अर्ब ऋण स्वीकृत


सञ्चार डबली
  • शुक्रबार, मंसिर २८ २०८१
  • 5.4K
    SHARES

  • images
    विश्व बैंकले नेपाललाई दिने साढे १३ अर्ब ऋण स्वीकृत

    काठमाडौं, मंसिर २८ । विश्व बैंकले नेपाललाई दिने १० करोड अमेरिकी डलर (करिब १३ अर्ब ५० करोड रुपैयाँ बराबर)को ऋण स्वीकृत गरेको छ ।

    विश्व बैंक कार्यकारी निर्देशकहरूको बोर्ड बैठकले नेपालाई दिने उक्त रकम बराबरको ऋण स्वीकृत गरेको हो ।

    नेपालमा कार्यान्वयन भइरहेको हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) हासिल गर्ने प्रयासलाई सहयोग गर्न विकास नीति सञ्चालन (डीपीओ) अन्तर्गत यो ऋण प्रदान गरिएको विश्व बैंकले जनाएको छ ।

    विश्व बैंकका अनुसार डीपीओको दोस्रो शृंखलाअन्तर्गत सहयोग भएको हो ।

    यो ऋणले नेपालका वित्तीय उपकरण, जलसुरक्षा, सिँचाइ, भू-उपयोग तथा व्यवस्थापन, दिगो वन व्यवस्थापन, जलवायु एवम् विपद् सूचना प्रणालीलगायतमा उपयोग हुने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend