२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

नेपाल एसबीआई बैंकले लाभांश प्रस्ताव पारित गर्न बोलायो साधारणसभा


सञ्चार डबली
  • शुक्रबार, मंसिर २८ २०८१
  • 5.4K
    SHARES

  • images
    नेपाल एसबीआई बैंकले लाभांश प्रस्ताव पारित गर्न बोलायो साधारणसभा

    काठमाडौं, मंसिर २८ । नेपाल एसबीआई बैंकले आफ्नो ३१औं वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंक सञ्चालक समितिको बैठकले पुस २१ गते सभाको आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेबाट सुरु हुनेछ।

    सभाले आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तावित १०.६५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ, जसमा ३.८० प्रतिशत बोनस शेयर र ६.८५ प्रतिशत नगद लाभांश समावेश छन्। साथै, बोनस शेयर जारीपछि चुक्तापुँजी वृद्धि गर्ने र प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पनि पारित हुनेछ।

    सभाले मर्जरका लागि प्रस्तावित विशेष अख्तियारी र लेखापरीक्षकको नियुक्ति र पारिश्रमिकसम्बन्धी प्रस्ताव पनि अनुमोदन गर्नेछ। बैंकले पुस ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ, जसअनुसार पुस ७ गतेभन्दा अघिसम्मका शेयरधनीहरू मात्र लाभांश पाउने र साधारणसभामा भाग लिन योग्य हुनेछन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend