२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

चालु आर्थिक बर्षको चार महिनासम्मको तथ्याङ्क: कस्तो देशको आर्थिक तथा वित्तीय स्थिति ?


सञ्चार डबली
  • बिहीबार , मंसिर २७ २०८१
  • 7.2K
    SHARES

  • images
    चालु आर्थिक बर्षको चार महिनासम्मको तथ्याङ्क: कस्तो देशको आर्थिक तथा वित्तीय स्थिति ?

    काठमाडौं , मंसिर २७ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको चार महिनाको तथ्याङ्कमा आधारित आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । जसअनुसार मूल्यवृद्धि ५.६० प्रतिशत रहेको छ । त्यस्तै, चार महिनामा आयात ०.२ प्रतिशतले र निर्यात ४.२ प्रतिशतले बढेको छ ।

    कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १६ अर्ब ७० करोड रहेको छ । नेपाल सरकारको खर्च ४१५ अर्ब २ करोड रुपैयाँ र राजस्व परिचालन ३२३ अर्ब २४ करोड रुपैयाँ रहेको छ ।

    विस्तृत मुद्राप्रदाय ३.० प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२.१ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend