२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

कुमारी बैंकको एटीएम तथा पीओएसमा अब युनियनपे कार्ड प्रयोग गर्न सकिने


सञ्चार डबली
  • बुधबार, मंसिर २६ २०८१
  • 6.5K
    SHARES

  • images
    कुमारी बैंकको एटीएम तथा पीओएसमा अब युनियनपे कार्ड प्रयोग गर्न सकिने

    काठमाडौं, मंसिर २६ । कुमारी बैंक लिमिटेडले आफ्नो एटीएम तथा पीओएस (पोइन्ट अफ सेल) टर्मिनलहरूमा युपिआई (युनियनपे इन्टरनेशनल) का कार्डहरु स्वीकार गर्ने भएको छ।

    डिजिटल भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्दै ग्राहकहरुलाई थप सहज, सुरक्षित र आधुनिक बैंकिङ्गको अनुभव उपलब्ध गराउने लक्ष्यका साथ, यो सुविधा नेपाल भर कुमारी बैंकका सम्पूर्ण एटीएम तथा पीओएस टर्मिनलहरूमा उपलब्ध हुनेछ ।

    यो सुविधाबाट अब युपिआई कार्ड प्रयोगकर्ताहरूले कुमारी बैंकको एटीएम मार्फत रकम झिक्न र पीओएस टर्मिनल मार्फत खरिद भुक्तानी गर्न सहज हुने साथै यसले व्यापारिहरुलाई पनि लाभ हुने विश्वास बैंकले लिएको छ । बैंकले आफ्नो सेवाको दायरालाई व्यापक बनाउँदै, डिजिटल नेपालको अभियानमा थप योगदान पु‍-याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

    कुमारी बैंकको देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१५ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरु संचालनमा रहेको छ । यसका साथै, बैंकले आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend