२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

आन्तरिक राजस्व विभागले थप्यो आय विवरण दाखिला गर्ने म्याद


सञ्चार डबली
  • मंगलबार, मंसिर २५ २०८१
  • 6.6K
    SHARES

  • images
    आन्तरिक राजस्व विभागले थप्यो आय विवरण दाखिला गर्ने म्याद

    काठमाडाैं, मंसिर २५ । आन्तरिक राजस्व विभागले आय विवरण दाखिला गर्ने म्याद थप गरेको छ । विभागले एक सूचना जारी गर्दै आगामी पौष मसान्तसम्म म्याद थप गरेको जानकारी दिएको हो ।

    ‘वार्षिक कारोबार एक करोडभन्दा बढीको कारोबार गर्ने करदाताहरूले आ.व.२०८०/०८१ को आय विवरण पेश गर्ने म्याद थप माग गरेमा आन्तरिक राजस्व विभागको इन्टरेटेड ट्याक्स सिस्टमबाट अटोमेटिकल्ली २०८१ पौष मसान्तसम्म म्याद थप हुने व्यहोरा जानकारी गराइन्छ’, सूचनामा उल्लेख छ ।

    आय विवरण विभागले तोकेको स्थानमा दाखिला गर्नु पर्नेछ भन्ने व्यवस्था रहेको र ऐन बमोजिम आय विवरण दाखिला गर्नुपर्ने कुनै व्यक्तिले त्यस्तो विवरण दाखिला गर्ने म्यादभित्र विभाग समक्ष थप म्यादको लागि लिखित निवेदन दिएमा मनासिब माफिकको कारण भएमा विभागले एकै पटक वा पटक पटक गरी बढीमा तीन महिनासम्म म्याद थप गर्न सक्नेछ भन्ने व्यवस्था रहेको छ । ऐनमा उल्लेखित व्यवस्था बमोजिम हाल विभागको कम्प्युटर प्रणाली ‘इन्टरगेटेड ट्याक्स सिस्टम’मा करदाताले बढीमा तीन महिनासम्मको म्याद थप माग गरेमा स्वचालित रूपमा म्याद थप हुने व्यवस्था रहेको छ ।

    यसअघि विभागले वार्षिक २५ करोड रुपैयाँसम्म कारोबार गर्ने करदाताहरू र कारोबार भएका निकायहरूको सम्बन्धमा मंसिर मसान्तसम्म र वार्षिक २५ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने करदाताहरूको सम्बन्धमा पौष २० गतेसम्म आय विवरण पेश गर्न पाउने भनी म्याद थप गरेकाे थियाे । विभागले यस्तो निर्णय गएको असोज ४ गते गरेको थियो ।

    970896117_page-0001-1087x1536.jpg

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend