२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

आर्थिक कूटनीतिलाई उच्च प्राथमिकता राख्न प्रस्तावित राजदूतहरुलाई परिसंघको आग्रह


सञ्चार डबली
  • मंगलबार, मंसिर २५ २०८१
  • 6.2K
    SHARES

  • images
    आर्थिक कूटनीतिलाई उच्च प्राथमिकता राख्न प्रस्तावित राजदूतहरुलाई परिसंघको आग्रह

    काठमाडाैं, मंसिर २५ । नेपाल उद्योग परिसंघले प्रस्तावित राजदूतहरुसँग आर्थिक विषय केन्द्रित छलफल गरेको छ ।

    सोमबार साँझ आयोजित छलफलमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले आर्थिक सम्बन्ध विस्तारलाई उच्च प्राथमिकतामा राख्न प्रस्तावित नेपाली राजदूतहरुलाई आग्रह गरेका हुन् ।

    उनले आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्दै नेपालमा रहेको लगानीका क्षेत्रका विषयमा सम्बन्धित देशका लगानीकर्तालाई नेपालसँग जोड्न राजदूतहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा उनले जोड दि ए।

    अध्यक्ष अग्रवालले लगानी तथा निर्यात प्रवर्द्धन गर्न देश केन्द्रित विशिष्ट आर्थिक रणनीति बनाउनुपर्ने, विदेशी लगानीकर्ता तथा स्वदेशी लगानीकर्ताका लागि सबै नेपाली राजदूतावासमा ‘फोकल कन्ट्याक्ट पर्सन’ राख्नुपर्नेमा जोड दिए। कुनै पनि मुलुकसँगको सम्बन्ध राजनीतिकभन्दा आर्थिक सम्बन्ध स्थीर एवं बलियो रहेको विश्वको उदाहरण प्रस्तुत गर्दै उनले व्यवसायका माध्यमबाट देशको ब्रान्डिङ गर्न सकिने बताए ।

    परिसंघले उच्च व्यापार घाटा कम गर्न नेपाली वस्तुहरुको प्रवर्द्धन, पर्यटन, सूचना प्रविधि, उद्योग, जलविद्युत, पूर्वाधारमा लगानी केन्द्रित गर्नुपर्नेमा पनि जोड दिएको छ ।

    नेपाली राजदूतहरु डा. शंकर शर्मा, सेवा लम्साल, चित्रलेखा यादव, चन्द्रकुमार घिमिरे, डा. सुम्निमा तुलाधर, डा. जंगबहादुर चौहान, प्रा. कपिलमान श्रेष्ठ, प्रकाशमणी पौडेल, डा. शिवमाया तुम्बाहाम्फे, डा. पूर्ण बहादुर नेपाली, डा. नेत्र प्रसाद तिम्सिनालेले नेपाल र नेपालीको हितमा देशको प्रतिनिधिको रुपमा काम गर्ने बताए। उनीहरुले आर्थिक कुटनीतिलाई हरेक राजदूतहरुले केन्द्रमा राख्नुपर्ने भन्दै आर्थिक विकासका लागि नेपाली निजी क्षेत्रलाई आवश्यक सहजीकरण गर्ने धारणा राखे।

    कार्यक्रममा नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्मा, वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, उपाध्यक्षहरु हेमराज ढकाल, रोहित गुप्ता, अमित मोर, परिसंघ गभर्निङ काउन्सिल सदस्यहरु शशिकान्त अग्रवाल, बालकृष्ण श्रेष्ठ, महानिर्देशक डा. घनश्याम ओझालगायत सहभागी थिए।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend