२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

से‍यर बजारमा दोहोरो अंकको गिरावट, किन निरन्तर घट्दैछ ?


सञ्चार डबली
  • सोमबार, मंसिर २४ २०८१
  • 7.5K
    SHARES

  • images
    से‍यर बजारमा दोहोरो अंकको गिरावट, किन निरन्तर घट्दैछ ?


    काठमाडौं ।  नेप्से परिसूचक आज पनि दोहोरो अंकले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन आइतबार ४५.९३ अंकले घटेको नेप्से यसदिन  १२.८४ अंकले घटेर २६७६.१५ विन्दुमा अडिएको छ। नेप्से घटेसँगै कारोबार रकम पनि आइतबारको तुलनामा घटेको छ।

    आज ३१७ स्क्रिप्सको १ करोड १५ लाख २३ हजार ३ कित्ता सेयर  ५ अर्ब ६२ करोड ९९ लाख ४५ हजार ८२२ रुपैयाँमा खरिदबिक्री भए। आइतबार  ७ अर्ब ४६ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।

    दोहोरो अंकले घटेको सेयर बजारमा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। इनर्जी नेपालको सेयर ८.७६ प्रतिशतले बढ्दा महिला लघुवित्त वित्तीय संस्थाको ७.१४,एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्टको ६.०३ र हिमालयन डिस्टिलरीको ५.९९ प्रतिशतले बढ्यो। 

    स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने यसदिन सर्वाधिक गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो। आज कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रह्यो। 

    हिमालयन डिस्टिलरीको २७ करोड,जोशी हाइड्रोपावर डेभलपमेन्टको १२ करोड,जानकी फाइनान्सको ११ करोड र लाइफ इन्स्योरेन्सको १० करोड मूल्य बराबरको सेयर कारोबार भयो।

    कारोबारमा आएकामध्ये ९२ स्टक्सको मूल्य बढ्दा १३८ वटाको घट्यो भने १३ वटाको मूल्य  स्थिर रह्यो। ५ वटा समूहको उपसूचक बढ्दा ८ वटाको उपसूचक नकारात्मक देखिएका छन्। 

    बजार बढेने अपेक्षा लगानीकर्ताले गरीरहँदा निरन्तर बजार घटेपछी लगानीकर्ताको मनोबल घटेको छ । सामाजिक सञ्जालतिर पनि लगानीकर्ताहरुले विभिन्न विन्दुहरुलाई आधार मान्दै बजार घट्ने बताउदै आइरहेकाले पनि बजारले गिरावटलाई निरन्तरता दइरहेको छ । बजार माथि जानका लागि नेप्से सूचकमा दह्रो वृद्धिसँगै कारोबार रकममा पनि तेजी आउन आवश्यक छ । ठूलोमात्राको टर्नओभरले मात्र बजारलाई माथि लैजाने तागत राख्ने देखिन्छ । 

    बैंकिङ प्रणालीमा भएको अधिक तरलता र निरन्तर घटेको ब्याजदरले बजारलाई माथितिरै लैजान प्रयास भने गर्नेछ । तर अपेक्षा अनुसार नयाँ लगानीकर्ता नभित्रिनु, पुरानाको पनि क्रय क्षमता विस्तार नहुनु लगायतका कारण केही समस्या भने परिरहेको छ । समग्र अर्थतन्त्र सुस्त गतिमा छ । यसले पनि केही हदसम्म सेयर बजारलाई प्रभाव पारिरहेको अनुमान गर्न सकिन्छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend