२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

राष्ट्रिय वाणिज्य बैंकका मर्चेन्टहरूले नेपाल पे क्युआरमार्फत क्रसबोर्डर भुक्तानी प्राप्त गर्न सक्ने


सञ्चार डबली
  • सोमबार, मंसिर २४ २०८१
  • 7.8K
    SHARES

  • images
    राष्ट्रिय वाणिज्य बैंकका मर्चेन्टहरूले नेपाल पे क्युआरमार्फत क्रसबोर्डर भुक्तानी प्राप्त गर्न सक्ने

    सोमवार, मंसिर २४ २०८१
    काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नेपाल पे क्युआर मर्चेन्टहरूका लागि थप सुविधा ल्याएको छ । राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (नेपाल पे) बीच भएको सम्झौता अनुसार विश्वका करिब ४८ देशहरूसँग आबद्धता रहेको अलिपे प्लसको नेटवर्कमार्फत नेपालमा क्रसबोर्डर भुक्तानी प्राप्त गर्न सकिने भएको छ ।

    सम्झौता अनुसार नेपाल क्लियरिङ हाउसले यसको सहजीकरण गर्नेछ । यसबाट नेपाल पे क्युआर लिएका यस बैंकका मर्चेन्टहरूले अब आफ्नो व्यापारलाई अझ बृद्धि गर्न सक्ने भएका छन् ।

    नेपाल पे क्युआर हाल सम्म नलिएका ग्राहकहरूले आफ्नो खाता भएको शाखामा सम्पर्क गरी यस्तो सुबिधा प्राप्त गर्न सक्नेछन्।

    खासगरी चीन, थाईल्याण्ड, हङकङ, मलेसिया, ईन्डोनेसिया, फिलिपिन्स, मंगोलिया, दक्षिण कोरिया, स्विडेन तथा ईटली लगायत अलिपे प्लस नेटवर्कमा आवद्ध देशहरूबाट आएका पर्यटकहरूले आफ्नो देशको विभिन्न वालेट मार्फत रकम भुक्तानी गर्न सक्नेछन ।

    यस्तो कारोवारबाट विदेशीले नेपालमा सहजै रकम भुक्तानी गर्न सक्ने हुँदा डिजिटल कारोवारमा बृद्धि भई अर्थतन्त्र थप चलायमान हुने अपेक्षा गरिएको छ ।

    हाल बैंकको सातवटै प्रदेशका ७७ जिल्लाका सदरमुकाम सहित देशैभर रहेका २९४ शाखा कार्यालय, ३१२ एटिएम, ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा, ७३ वटा एक्स्टेन्सन काउण्टर, क्यूआर कोड सेवा, पिओएस (प्वाइन्ट अफ सेल) सेवा, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आइपिएस, स्मार्ट क्यूआर टेलर (बिना चेक रकम झिक्न सकिने), इन्टरनेट बैंकिङ्ग, परिष्कृत रूपको मोवाईल बैंकिङ्ग (डिजिटल संसार) तथा बिना ईन्टरनेट चल्ने युएसएसडि मोवाइल बैंकिङ्गका सेवाहरू समेत सञ्चालनमा रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend