२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सिद्धार्थ बैंकका ग्राहकलाई टेस्ट टाउन फूड कोर्टमा विषेश छुट


सञ्चार डबली
  • सोमबार, मंसिर २४ २०८१
  • 7.4K
    SHARES

  • images
    सिद्धार्थ बैंकका ग्राहकलाई टेस्ट टाउन फूड कोर्टमा विषेश छुट

    काठमाडौं । सिद्धार्थ बैंक र टेस्ट टाउन फूड कोर्ट (काठमाडौं, कमलपोखरी)बीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।

    सम्झौता अनुसार बैंकका ग्राहकहरुले सिटि सेन्टर कमलपोखरी स्थित टेस्ट टाउन फूड कोर्टमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।

    यस सम्झौताले ग्राहकलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ। यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’मा सम्पर्क गर्न सकिन्छ।

    बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केही समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डसֹ’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend