२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

 ४५ अंकले घट्यो सेयर बजार, कति भयो कारोबार ?  


सञ्चार डबली
  • आइतबार, मंसिर २३ २०८१
  • 6.2K
    SHARES

  • images
     ४५ अंकले घट्यो सेयर बजार, कति भयो कारोबार ?  


    काठमाडौं । सेयर बजारको मापक नेप्से सूचक २६ सय ८९ अंकमा झरेको छ । आइतबार सेयर बजार ४५.९३ अंकले घटेको छ । सेयर बजार १.६७ प्रतिशतले घट्दा कुल कारोबार भने ७ अर्ब ४६ करोड रुपैयाँको मात्रै भएको छ ।

    आइतबारको सेयर बजारको कारोबार उच्च अंकले घटेको भएपनि २७ कम्पनीको सेयर मूल्य भने बढेको छ । आइतबार खानीखोला हाइड्रोपावर, डोटी पावर कम्पनी, मोलुङ हाइड्रोपावरसहतिका कम्पनीको सेयर मूल्य ९ प्रतिशतसम्मले बढेको छ ।

    बजार घटेको दिन सबैभन्दा बढी कमाउनेमा खानीखोला हाइड्रोपावर रहेको छ । यसको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर ४७१ रुपैयाँ प्रतिकित्ता पुगेको छ । आइतबार नेप्सेमा सूचीकृत कम्पनीमध्ये ३२१ वटा कम्पनीको १ करोड ७३ लाख कित्ता सेयरको ८१ हजार ४०४ पटक कारोबार भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend