२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

बुद्ध एयरले थप्यो १९ औं एटिआर विमान 


सञ्चार डबली
  • शनिबार, मंसिर २२ २०८१
  • 6.1K
    SHARES

  • images
    बुद्ध एयरले थप्यो १९ औं एटिआर विमान 


    काठमाडौं । बुद्ध एयरले १९ औं एटिआर जहाज भित्र्याएको छ । नयाँ एटिआर–७२ विमान थपेसँगै कम्पनीसँग एटिआर–७२ सिरिजका विमानको सङ्ख्या १६ पुगेको छ । नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पुर्‍याई डिसेम्बर महिनाको अन्त्यबाट उडान सेवामा ल्याईने बुध्द एयरले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । बुद्ध एयरले कल साईन एन–एओजी जहाज फ्रान्सको एटिआर कम्पनी, तुलुसबाट भित्र्याएको छ ।

    बुद्ध एयरसँग ३ वटा एटीआर–४२–३२० र १६ वटा एटिआर–७२–५०० जहाजहरु रहेका छन् । बुद्ध एयरले केही समय अगाडी मात्रै एउटा एटिआर–४२–३२० जहाजलाई उडानबाट विदाई गरेको थियो । त्यस जहाजको डिरजिष्ट्रेशन प्रक्रियामा रहेको छ । हवाई उडानलाई सहज र सरल बनाउने प्रतिवद्धता अनुरुप बुद्ध  एयर आफ्नो बेडामा नयाँ जहाज थप गरेको हो । 

    बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले – ‘सहज भाडासँगै उडान संख्या उल्लेख्य वृद्धि भए अनुरुप यात्रुहरु आफ्नो समय अनुकल उडान भर्न सक्ने’ जनाएका छन् । थपिएको जहाजले नियमित मर्मत सम्भारमा पनि सहयोगी हुने कम्पनीले जनाएको छ । बुद्ध एयरले आन्तरिकतर्फ अहिले दैनिक १४० भन्दा बढि उडान भरिरहेको छ । अन्तरराष्ट्रियतर्फ काठमाडौंबाट भारतको वाराणसी साताको ३ दिन उडान भरिरहेको छ । यसैगरि पोखराबाट चितवन, भैरहवा तथा नेपालगञ्जको उडान पनि भरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend