२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

पत्रकार महासंघको अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी


सञ्चार डबली
  • शनिबार, मंसिर २२ २०८१
  • 6.1K
    SHARES

  • images
    पत्रकार महासंघको अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी


    काठमाडौं । यही २८ मंसिरमा हुने नेपाल पत्रकार महासङ्घको अध्यक्ष पदका लागि पाँच जनाले उम्मेदवारी दिएका छन् । सूचीअनुसार अध्यक्षका लागि कमल गिरी, देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह (एलएस) लामाले उम्मेदवारी दिएका हुन् । गिरीले प्रेस सेन्टर नेपाल नेतृत्वको संयुक्त प्यानलबाट उम्मेदवारी दिएका हुन् । यस्तै, शर्माले प्रेस चौतारीसहित प्यानलबाट उम्मेदवारी दिएकी हुन् ।

     त्यसैगरी, विष्टले स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद चौलागाईं, दामोदरप्रसाद दवाडी, दीपक आचार्य र रोशन पुरीसहित चार जनाको उम्मेदवारी परेको छ । चौलागाईं चौतारी नेतृत्वको प्यानलका उम्मेदवार हुन् । पुरी प्रेस सेन्टर नेतृत्वको प्यानलका उम्मेदवार छन् । उपाध्यक्ष महिलामा गङ्गा पौडेल र नितु पण्डितको उम्मेदवारी परेको छ । बराल प्रेस सेन्टर नेतृत्वको प्यानलका उम्मेदवार छन् भने पण्डित चौतारी नेतृत्व प्यानलको उम्मेदवार हुन् । 

    त्यसैगरी, महासचिवमा जन्मदेव जैसी, प्रकाश थापा, रामप्रसाद दाहाल लेखनाथ न्यौपानेको उम्मेदवारी परेको छ, जसमा दाहाल चौतारी नेतृत्वको प्यानलबाट उम्मेदवार छन् । ५२ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि १ सय ३३ जनाको उम्मेदवारी परेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend